अमेरिका पुगेका कलाकारलाई स्वागत

नेपाली अमेरिकन कलाकार संघले कार्यक्रमको शिलशिलामा अमेरिका पुगेका इमेज टेलीभिजनका कार्यक्रम संचालक तथा मोडल बिबेक सिंह ठकुरी,म्यासेन्जर ब्यान्डका प्रबन्धक तथा गायक राजेश हमाल,म्युजीक भिडियो मोडेल बिकि पुलामी र फ्लोरिडामा बस्दै आएका गायक राजीब श्रेष्ठलाई नेपाली अमेरिकन कलाकार संघले स्वागत गरेको छ ।
संस्थाका महसचिब अभय ढुङेलले संचालन गर्नु भएको उत्त कार्यक्रममा संथाका बरिस्ठ उपाध्यक्ष बिक्रान्त बस्नेतले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । त्यस्तै अमेरिकाको च्याप्टर संयोजक यम बरालबाट पनि स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । स्वागत कार्यक्रमलाई संस्थाका अध्यक्ष सुमन बुढाले समापन गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा उपाध्यक्ष- तिलक श्रेष्ठ,पबिता परियार, मिरा गुरुंग , सचिब-राजेन्द्र राई, सह-सचिब- गीता बिर्लाकोट,मिडिया संयोजक,बिमल डांगी र भिडियो निर्देशक- प्रसन्न पौडेल लगाएत थुप्रै कलाकारको सहभागी भएको थियो ।

Categories:


Comments are closed.